बुटवलका डीएसपी आचार्यलाई निलम्वन गर्न अख्तियारको निर्देशन

काठमाण्डु टुडे २०७१ साउन ९ गते १०:३८ मा प्रकाशित

काठमाण्डु, ९ साउन प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) दिनेश कुमार आचार्यलार्इ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

akhtiyarलेनदेनको कारोबारमा ऋणी फरार भएपछि जिम्मा जमानीमा रहेका व्यक्तिलार्इ कारबाहीका लागि पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको अनुसन्धानको क्रममा रहेका जमानीमा बसेका व्यक्तिबाट १ लाख ५० हजार लिँदै गर्दा प्रहरी सहायक निरीक्षक राम प्रसाद पौडेल पक्राउ परेका थिए ।

पौडेलले कार्यालय प्रमुखको निर्देशनमा रकम लिएको बताएकाले अनुसन्धानमा प्रभाव पार्न सक्ने र प्रमाण नष्ट समेत गर्न सक्ने भएकाले आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यलयलाई लेखी पठाइएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us