काठमाण्डु, १० साउन –राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा दिपक बोहरा चुनिएका छन् ।
दलका नेता चयनका लागि भएको चुनावमा अरु कसैको उम्मेदवारी नपरेपछि बोहरा निर्विरोध चयन भएका हुन् ।
त्यस्तै संसदीय दलको उपनेतामा विक्रम पाण्डे निर्विरोध भएका छन् ।
यसअघि राप्रपाको संसदीय दलका नेतामा सूर्यबहादुर थापाले उम्मेदवारी दिने भनिएपनि बोहराको मात्रै उम्मेदवारी परेको हो । १३ जना सभासद् रहेको राप्रपा नेपालको नेता चयनका लागि भएको चुनावमा थापा र उनका छोरा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा उपस्थित भएनन् ।