काठमाण्डु , ११ साउन – भारतका विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो नेपाल भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमुलक रहेको बताएकी छिन् । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्क्षिप्त मन्तव्य दिँदै उनले उक्त कुरा बताएकी हुन् । आफ्नो नेपाल भ्रमण...
काठमाण्डु , ११ साउन – व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा समय माग गर्दै आरजु राणा देउवाले पशुपति क्षेत्रमा बाटो व्यवस्थित गर्ने नाममा बनाइएको संरचनाले विश्व सम्पदा सूचीको संरचना बिग्रिएकामा चिन्ता व्यक्त गरिन् । उनले त्यहाँको बाटो व्यवस्थित गर्न वृक्षरोपण हुनुपर्ने माग गर्दै चितवन राष्ट्रिय निकुञ्जमा पनि...
जनकपुरधाम, ११ साउन – सम्बन्धित निकायको कर्तव्यबोध अभावका कारण चुरे क्षेत्रमा हरिया रूखको कटानी तीव्र भएपछि उर्वरभूमि बगरमा परिणत हुँदै गएको छ । पैँतीस वर्षअघि धनुषा जिल्लामा रहेको ३४ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको सिकार भई हाल झन्डै २२ हजार हेक्टर वन क्षेत्र मात्र...
दैलेख – दैलेखको पश्चिमी क्षेत्रमा अझै पनि छाउपडी प्रथा कायमै रहँदा महिलाहरु मारमा परेका छन् । यस क्षेत्रका महिला अझै पनि महिनवारी भएको समयम घरबाट टाढा सानो छाप्रोमा बस्न बाध्य छन् । उनीहरुलाई घरपरिवारले नै महिनावारी भएको समयमा टाढा बस्ने कटेरो बनाई दिएका हुन्छन्...
काठमाण्डु, ११ साउन –भारतीय विदेशमन्त्री सुषमा स्वराज आफ्नो तीनदिने नेपाल यात्रामा पूर्ववर्ती यूपीए सरकारभन्दा फरक र सकारात्मक सन्देश दिन सफल भएकी छन्। मधेसी नेतासँगको नास्ता बैठकमा र भारतीय राजदूत रन्जित रेले उनको सम्मानमा दिएको दिवाभोजमा शनिबार अलगअलग ढंगले स्वराजले त्यस्तो सन्देश दिएकी हुन्। मधेसी...
इलाम, ११ साउन – रक्सी चाख्ने क्रममा बेहोस भएका इलाम चुलाचुली–६ का एक बालकको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको छ । रक्सी खाएर बेहोस भएका रामबहादुर राईका छ वर्षीय छोरा अभिषेक राईको लाइफलाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो । घर नजिकै...
जाजरकोट, ११ साउन– नातिलाई बचाउन खोज्दा यहाँ नाति र बजै दुवैजना भेरी नदीमा बगेर बेपत्ता भएका छन् । जिल्लाको सीमा गाविस वडा नं ९ छेडाचौर निवासी सरिता नेपाली र उनका छ वर्षीय नाति जयबहादुर नेपाली भेरी नदीमा बगेर बेपत्ता भएका हुन् । शनिबार साँझ...
काठमाण्डु, ११ साउन– भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएकी छिन् । स्वराज शुक्रबार नेपाल आएकी थिइन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष पशुपति सम्शेर...
काठमाण्डु, ११ साउन– संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको वार्ता उपसमितिले आजबाट सशस्त्र समूहसँग वार्ता थाल्दैछ । संविधानसभाबाहिर रहेका शक्तिहरुलाई संविधान निर्माणमा सहभागी गराउने उद्देश्यका साथ उपसमितिले आजबाट सशस्त्र समूहसँग औपचारिक वार्ता थाल्ने भएको हो । उपसमितिले पहिलो चरणमा आज पूर्वी पहाडमा स्वायक्त...
काठमाण्डु, ११ साउन –पूजाका सामग्रीहरु पशुपतिनाथ मन्दिरमा चढाउन नपाई मन्दिरबाहिर नै राख्नुपर्ने बाध्यताबाट आफ्नो धार्मिक आस्थामा चोट पुगेको नेपाल तथा भारतबाट आएका दर्शनार्थीले बताएका छन् । सर्वोच्च अदालतले पशुपतिनाथसँग सम्बन्धित विभिन्न विषयमा गरेको अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा पशुपतिनाथ दर्शन गर्न जाने नेपाल तथा भारतका...
बाजुरा, ११ साउन –बुढीगङ्गा नदीमा दुई महिनाअघि जडान गरिएको बेलिब्रिज पहिरो र नदीको बहावका कारण जोखिममा परेको छ । पुलको दक्षिणतर्फ माथिबाट ठूलै पहिरो झरेको छ । “एक मिटर वरसम्म पहिरो पुग्ने हो भने बेलिब्रिजमा क्षति पुग्छ”, स्थानीयवासी रामबहादुर विकले भने । अर्कोतिर नदीमा...
नेपालगन्ज, ११ साउन – वर्षात् सुरु हुने क्रमसँगै विशेषतः सरुवा तथा सङ्क्रमण रोगको जोखिममा रहेका बाँके जिल्लाका गाविस र नेपालगन्ज नगरपालिकामा स्वास्थ्य सतर्कता अपनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, सङ्क्रमण जोखिमको अवस्थालाई दृष्टिगत गरी त्यस क्षेत्रमा अहिले पर्याप्त औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको...