काठमाण्डु, ११ साउन– संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको वार्ता उपसमितिले आजबाट सशस्त्र समूहसँग वार्ता थाल्दैछ ।
संविधानसभाबाहिर रहेका शक्तिहरुलाई संविधान निर्माणमा सहभागी गराउने उद्देश्यका साथ उपसमितिले आजबाट सशस्त्र समूहसँग औपचारिक वार्ता थाल्ने भएको हो ।
उपसमितिले पहिलो चरणमा आज पूर्वी पहाडमा स्वायक्त राज्य स्थापनाको माग गर्दै सशस्त्र संघर्षरत आठ समूहसँग वार्ता गर्ने छ । वार्ताका लागि सशस्त्र समूहहरुलाई सम्पर्क सूत्रमार्फत इलाम सदरमुकाम बोलाइएको छ ।
वार्ताका लागि काँग्रेस सभासद आनन्द ढुंगाना नेतृत्वको उपसमितिका सदस्यहरु शनिबारै इलाम पुगिसकेका छन् । इलामपछि तराईमा सशस्त्र संघर्षरत समूहसँग जनकपुर र नेपालगञ्जमा वार्ता गर्ने कार्यतालिका उपसमितिको छ ।