समाचार

बालिका बलात्कारी पाँच वर्षपछि पक्राउ

२०७१ साउन १२ गते ५:४३

सुर्खेत, १२ साउन– जिल्ला प्रहरी कार्यालयले बालिकालाई बलात्कार गरी पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । साटाखानी–४ का रमेश चपाई भन्ने दुर्गाप्रसाद चपाईलाई प्रहरीले पक्राउ गरेको हो । २०६६ साउन १ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका चपाईलाई  जिल्ला...

सुरक्षा निकायलाई कार्यशैली सुधार्न गृहमन्त्रीको निर्देशन

२०७१ साउन १२ गते ५:३४

मोरङ, १२ साउन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले परम्परागत सोच र कार्यशैलीमा परिवर्तन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । पूर्वाञ्चलस्तरीय सुरक्षा गोष्ठीको सोमबार विराटनगरमा उदघाटन गर्दै गौतमले जनअपेक्षाअनुसार शान्ति सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएका हुन् । शान्ति सुरक्षा कायम गर्ने क्रममा अवरोध आए...

चिकित्सकलाई गाली गरेको भन्दै अस्पताल ठप्प

२०७१ साउन १२ गते ५:१०

नवलपरासी, १२ साउन– नवलपरासीको डण्डास्थित मध्यबिन्दु सामुदायिक अस्पतालको आकस्मिकसहित सबै उपचार सेवा ठप्प भएको छ । अस्पताल सञ्चालक समिति अध्यक्ष महेन्द्र पोखरेल र सह–सचिव बालकृष्ण घिमिरेले चिकित्सक किरण सोतीलगायतका कर्मचारीमाथि अभद्र र अशिष्ट शैलीमा गालीगलौज गरेको भन्दै स्वास्थ्यकर्मी उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका...

सरकारका कारण स्वराजको भ्रमण औपचारिकतामै सीमित: अमरेश

२०७१ साउन १२ गते ४:५३

काठमाण्डु, १२ साउन– काँग्रेस नेता अमरेशकुमार सिंहले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबाट कुनै लाभ उठाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सिंहले नेपाल सरकारका कारण स्वराजको भ्रमण औपचारिकतामै सीमित भएको आरोप लगाए । ‘भारतीय विदेशमन्त्रीको भ्रमणबाट नेपालले जति फाइदा लिनसक्थ्यो, त्यो भएन’,...

वीरका दुई सय चिकित्सक हड्तालमा, बिरामीलाई मार

२०७१ साउन १२ गते ३:५३

काठमाण्डु, १२ साउन– वीर अस्पतालका आवासीय चिकित्सकहरु कामै छाडेर आन्दोलनमा उत्रिएपछि बिरामी मारमा परेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा सुधारको माग गर्दै आज पनि हड्तालमा उत्रिएका एमडी/एमएस अध्ययनरत आवासीय चिकित्सकहरु आज पनि काममा फर्केका छैनन् । एक सातादेखि आन्दोलनरत चिकित्सकले अस्पतालमा...

पहिरोले घर बगाउँदा नाबालकको मृत्यु, ३ घाइते

२०७१ साउन १२ गते २:३४

कालिकोट, १२ साउन– कालिकोटको सिउना–४ मा वर्षातसँगै गएको पहिरोले घर बगाउँदा एक बालकको पुरिएर मृत्यु भएको छ । स्थानीय पदम सुनारको घर पहिरोले बगाउँदा उनका छोरा ५ वर्षीय कटक सुनारको मृत्यु भएको हो । पहिरोमा पुरिएर पदमसहित उनकी श्रीमती २३ वर्षीया विष्णा र उनीहरुका...

झण्डै लिलाम भएको थियो एमाओवादी मुख्यालय

२०७१ साउन १२ गते १:३८

काठमाण्डु, १२ साउन– झण्डै लिलाम हुने अवस्थामा पुगेको पेरिसडाँडास्थित एमाओवादी केन्द्रीय कार्यालय ऋणमुक्त भएको छ । उसले हालै ललितपुर जावलाखेलस्थित एक सहकारीलाई करिब दुई करोड रुपैया तिरेपछि केन्द्रीय कार्यालय ऋणमुक्त भएको हो । केन्द्रीय कार्यालयको मुख्य सचिबका रुपमा हितराज पाण्डे नियुक्त भएपछि उनले उक्त...

परिबन्दमा पुष्पकमल

२०७१ साउन १२ गते १:२३

काठमाण्डु, १२ साउन – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र र बाहिरको परिबन्दमा परेका छन् । त्यसबाट उम्किन उनले सदनमा मधेशी र जनजाति दल र सडकमा नेकपा-माओवादीसंग मोर्चाबन्दी गरेका छन् । यो मोर्चाबन्दी रहर नभई बाध्यता भएको उनको भनाइ छ । यो मा‌ओवादी, मधेशी र...

सुषमा स्वराजले यसरी मागिन बामदेवसँग माफी

२०७१ साउन ११ गते १५:०८

काठमाण्डु, ११ साउन– भारतीय विदेशमन्त्री सुषमा स्वराजले एमाले कार्यबाहक अध्यक्ष एवम् उपप्रधान र गृहमन्त्री बामदेव गौतमसँग माफी मागेकी छन् । तीन दिने भ्रमणको अन्तिम दिन आइतबार बिहान राजधानीको होटल हायातमा भएको भेटमा स्वराजले शनिबार भेट्न नसकेकामा माफी मागेकी हुन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार शनिबार स्वराज...

हिमाल खबरले राख्यो मोदीको हातमा टुबोर्ग बियरको लोगो

२०७१ साउन ११ गते १५:०७

काठमाण्डु, ११ साउन–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा नेपालको एक साप्ताहिक पत्रिकाले बियरको लोगो राखिदिएको छ । हिमाल खबर पत्रिकाको आइतबारको संस्करणमा हिमालले मोदीसम्बन्धी समाचारलाई ‘कभर स्टोरी’ बनाएको छ । पत्रिकाको बाहिरी पृष्ठमा छापिएको मोदीले नमस्कार गरेको फोटोको तल्लो भागमा बियरको लोगो टाँसिएको छ ।...

बालिकालाई मलद्वारबाट बलात्कार गर्ने भारतीय पक्राउ

२०७१ साउन ११ गते १५:०६

पोखरा, ११ साउन– १३ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने एक भारतीय नागरिकलाई  प्रहरीले पोखराको प्रस्याङगबाट पक्राउ गरेको छ । भारत बेतिया घर भई कास्की लेखनाथ बस्दै आएका २४ वर्षीय सोयल अन्सारी पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरेका अन्सारीले झ्यालको जाली फोरेर बालिकालाई...

हाते बम पड्किएर नाबालकको मृत्यु, ८ घाइते

२०७१ साउन ११ गते १४:१९

सिरहा, ११ साउन– सिरहाको गोविन्दपुरमा बेवारिसे हाते बम पड्किएर एक नाबालकको ज्यान गएको छ । गोविन्दपुर–७ रनाहा टोलमा ग्रिनेट विष्फोट हुँदा स्थानीय विष्णुदेव महतोका १० वर्षीय छोरा रामकुमार महतोको मृत्यु भएको हो । विस्फोटमा गम्भीर घाइते भएका महतोको उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us