सुरक्षा निकायलाई कार्यशैली सुधार्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७१ साउन १२ गते ५:३४ मा प्रकाशित

मोरङ, १२ साउन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले परम्परागत सोच र कार्यशैलीमा परिवर्तन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

bamdevपूर्वाञ्चलस्तरीय सुरक्षा गोष्ठीको सोमबार विराटनगरमा उदघाटन गर्दै गौतमले जनअपेक्षाअनुसार शान्ति सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएका हुन् । शान्ति सुरक्षा कायम गर्ने क्रममा अवरोध आए सहयोग गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरुलाई उनले सुरक्षा रणनीति निर्माण र पुनरावलोकनका लागि आवश्यक सुझाव दिनसमेत आग्रह गरे । गौतमले सरकार यही वर्ष स्थानीय निकायको निर्वाचन गराउने तयारीमा रहेको भन्दै निर्वाचन सुरक्षा रणनीति निर्माण गर्नुपर्ने बताए ।

गोष्ठीमा गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित पूर्वका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दुवै प्रहरी र सैनिक अधिकारी सहभागी छन् । गोष्ठी आजै सकिने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us