काठमाण्डु , १२ साउन – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुसलमान समुदायको पवित्र चाड इद (इदलु फित्र)को शुभकामना दिएका छन् । एक महिनाको रमजानपछिको इदले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् । उनले यस अवसरमा सम्पूर्ण उत्पीडित वर्ग,...
ललितपुर , १२ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतान्त्रिक संविधान निर्माणमा आफ्नो पार्टीको सकारात्मक एवम् रचनात्मक भूमिका रहने बताएका छन् । राप्रपा नेपाल ललितपुरद्वारा सोमबार आयोजित सङ्गठन सुदृढीकरण कार्ययोजना कार्यान्वयनसम्बन्धी कार्यक्रममा अध्यक्ष थापाले पार्टीप्रति जनताको विश्वास बढ्दै गएको चर्चा गर्दै...
काठमाण्डु , १२ साउन – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान बंगलादेशमा अवतरणका क्रममा आगलागी भएको छ । आगलागीका कारण मानवीय क्षती नभएको विमानस्थल कार्यालयले जनाएको छ । विमान बंगलादेशका एक अधिकारीले बंगालादेशबाटकाठमाण्डु आएको एअर बस ३३० विमानअवतरण गर्ने क्रममा तातेर विमानको पछाडीको पांग्राबाट...
जाजरकोट, १२ साउन – सामान्य विवादमा झगडा हुँदा भतिज नाता पर्ने एक युवकले तेजाब खन्याउँदा अर्का युवक गम्भीर घाइते भएका छन् । आइतबार खलङ्गा–२ ठाँटीबजारस्थित सिमलगैरी बजारमा अर्जुन सुनारले तेजाब खन्याउँदा उनका काका पर्ने जगत सुनार गम्भीर घाइते भएका हुन् । जगतसँगै अन्य दुई...
विराटनगर, १२ साउन – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले संविधानसभाका २६ सभासद्को मनोनयन नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्केलगत्तै हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब एक हप्ताभित्रमा २६ सभासद्को मनोनयन कार्य पूर्ण हुने...
कञ्चनपुर, १२ साउन – कृष्णपुर–४ कोइराल भुजियाका ४३ वर्षीय टेकबहादुर ऐरको शरीरमा तातो पानी खन्याएर हत्या गरिएको छ । त्रिवेणीचोक नजिकको पल्टुराम चौधरीको खेतमा उनी गएराति मृत अवस्थामा फेला परेका थिए । तातो पानी खनाउँदा शरीरको छाला पूरै खुइलिएको र घाँटीमा घाउ रहेकाले हत्या...
इलाम, १२ साउन – धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखी धाम नजिकै वृद्धाश्रम निर्माण गरिने भएको छ । ‘रु एकमा करोड अभियान, गजुरमुखी धाममा सुविधा सम्पन्न वृद्धाश्रम’ भन्ने नारा दिएर गजुरमुखी सामाजिक विकास मञ्चले वृद्धाश्रम निर्माण गर्ने अभियान सुरु गरेको हो । वृद्धाश्रम निर्माण गर्ने अभियानलाई...
काठमाण्डु , १२ साउन – नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा आफुहरुले विरोध नगर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने–मित्र राष्ट्रको प्रधानमन्त्री आउँदा हामी विरोध गर्दैनौ । हामीले विरोधका कार्यक्रम पनि राखेका...
इलाम, १२ साउन – संवैधानिक राजनीतिक संवाद तथा सहमति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जातीय मुक्ति मोर्चा नेपालबीच सोमबार तीन बुँदे सहमति भएको छ । इलामको चियाबारी कटेजमा बिहानैदेखि सुरू भएको वार्तामा मोर्चाले शान्तिपूर्ण राजनीतिमा अग्रसर हुँदै संविधान निर्माण प्रक्रियामा सहयोग पु¥याउने प्रतिबद्धता...
खोटाङ, १२ साउन – उद्घाटन गरिएको २० वर्ष बितिसक्दा पनि गाईघाट–दिक्तेल सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको छ । सप्तरीको कदमाहा र उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ जोड्ने सडक अहिलेसम्म व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको हो । विसं २०५१ मा...
गौशाला, १२ साउन – महोत्तरीको रतौली गाविसमा एक नवविवाहितालाई मोटरसाइकल र गोदरेज (दराज)का लागि हत्या गरिएको मृतकका आफन्तले आरोप लगाएका छन् । गत बिहीबार राति रतौली–६ मा नवविवाहिता मिन्टुदेवी मण्डललाई मोटरसाइकल र गोदरेजका लागि निजका पति रञ्जित मण्डलसहित पाँच जनाले मिलेर मिन्टुको हत्या गरेको...
काठमाण्डु, १२ साउन– प्रमुख तीन राजनीतिक दलबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको तयारीबारे छलफल भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताकाे बैठकमा मोदी भ्रमणका एजेण्डाबारे छलफल भएको हो । बैठकमा...