समाचार

आज इद उल फित्र मनाइँदै

२०७१ साउन १३ गते १:४०

काठमाण्डु, १२ साउन– गरिब र असहायलाई सम्पन्न वर्गले सहयोग गर्ने चाडका रुपमा लिइने इद उल पिक्र मुस्लिम धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदैछन् । एक महिना लामो रमजान ब्रत सकिएको भोलिपल्ट मनाइने यो पर्वमा बिहानै नुहाई धुवाई गरी नयाँ कपडा लगाएर इदगाहा, मस्जिद वा खुला...

इदका अवसरमा नेताहरुबाट शुभकामना व्यक्त

२०७१ साउन १३ गते १:२५

काठमाण्डु, १३ साउन– राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले मुस्लिम समुदायको पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना दिएका छन् । राष्ट्रपति रामवरण यादवले स्वदेश तथा विदेशमा रहेहका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र...

मोदी भ्रमणका विषयमा आज पनि छलफल

२०७१ साउन १३ गते १:२०

काठमाण्डु, १३ साउन – प्रमुख तीन दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका थप एजेण्डा तया गर्न आज अपरान्ह परराष्ट्र मन्त्री पाण्डे र उर्जामन्त्री ज्ञवालीसहतिको बैठक बस्दैछ । बैठकमा विवादित भारत संग गर्ने भनिएको बिद्युत ब्यापार सम्भलौताका बिषयमा छलफल हुनेछ ।  यसअघि हिजो विहान...

मेसिन अभावमा तरकारीमा प्रयोग भएको विषादी जाँच्न समस्या

२०७१ साउन १३ गते १:१६

मोरङ, १३ साउन – आधुनिक मेसिनको अभावमा यहाँका बजारमा विषादी प्रयोग गरी बिक्री भइरहेका फलफूल र तरकारीको जाँच गर्न समस्या भएको छ । बजारमा बिक्री हुने काँचो तरकारी र फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग भइरहेको भए पनि जाँच गर्ने मेसिन नहुँदा अनुगमन गर्न समस्या...

अाज सार्वजनिक बिदा

२०७१ साउन १२ गते १६:४०

काठमाण्डु , १३ साउन – सरकारले मुसलमानहरुको पवित्र चाड इद (इदुल्ल फित्र)को अवसरमा अाज सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।...

श्रीमतीलाई देहब्यापारमा लगाएर रक्सी पिउने श्रीमान

२०७१ साउन १२ गते १६:०३

भक्तपुर, १२ साउन– भक्तपुर जिल्ला अदालतले आफ्नै पत्निलाई देहब्यापारमा लगाउने एक पतिलाई ११ वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले सिन्धुपाल्चोक साम्पालकोट–३ का ३५ वर्षीय दीपक पण्डितलाई कैद सजाए सुनाएको हो । अदालतले पीडकबाट ५५ हजार  जरिवानासहित थप ५० प्रतिशत...

मोदी भ्रमण फलदायी बनाऊ: सभासद

२०७१ साउन १२ गते १५:४३

काठमाण्डु, १२ साउन– सभासदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अधिकतम फलदायी बनाउन माग गरेका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सभासद भरतमोहन अधिकारीले मोदी भ्रमणबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताए । उनले मोदी भ्रमणबाट लाभ लिन प्रधानमन्त्री सुशील...

अदालतको अपहेलना विधेयक जनतामा लगिने

२०७१ साउन १२ गते १५:३२

काठमाण्डु, १२ साउन– अदालतको अपहेलनासम्बन्धी विवादास्पद विधेयक राय संकलनका लागि जनतासमक्ष लगिने भएको छ । विवादबीच कानुनमन्त्री नरहरि आचार्यले आइतबार व्यवस्थापिका–संसद् बैठकमा विधेयक पेश गरेका थिए । मौलिक अधिकार कुण्ठित गर्ने तथा अदालतर र न्यायाधीशको स्वेच्छाचारिता बढ्ने भन्दै नेपाल पत्रकार महासंघ र बार एसोसिएसनले...

हिरासतमै हत्या भएको भन्दै प्रहरीविरुद्ध मुद्धा

२०७१ साउन १२ गते १५:११

खोटाङ, १२ साउन– यातनाबाट प्रहरी हिरासतमै ज्यान गुमाएकाका परिवारले डिएसपीसहित ११ जनाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगसमक्ष मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा यातनाका कारण मृत्यु भएका पाथेका–२ का १८ वर्षीय किरण राईका परिवारले आयोगमा मुद्दा दायर गरेका हुन् । प्रहरीले मुद्दा...

साना तीन दल संघीय समाजवादीमा गाभिने

२०७१ साउन १२ गते १४:५२

काठमाण्डु, १२ साउन– अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले वैचारिक समानताका आधारमा  तीन साना दलसँग एकताको गृहकार्य गरेको छ । तत्कालीन एमाले उपाध्यक्ष राईसहित एकल जातीय पहिचानमा आधारित संघीयताको आवाज उठाउँदै बाहिरिएका नेताले संघीय समाजवादी पार्टी गठन गरेका थिए । सो पार्टीसँग अहिले संविधानसभाका...

नेपाली महिला कामदार खाडी जान पाउने

२०७१ साउन १२ गते १४:१६

काठमाण्डु, १२ साउन– सरकारले महिलाहरुका लागि घरेलु कामदारका रुपमा खाडी मुलुक जान लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले तयार पारेको नयाँ निर्देशिकामा नेपाली महिलालाई खाडी जान लगाइएको प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ । तर विदेशमा काम गर्ने सिलसिलामा महिलामाथि...

सशस्त्र समूह संविधान निर्माणमा सघाउन तयार

२०७१ साउन १२ गते १३:५९

इलाम, १२ साउन– पूर्वी पहाडमा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गर्दै आएका जातीय समूह शान्तिपूर्ण राजनीतिमार्फत संविधान निर्माणमा सघाउन तयार भएका छन् । संविधानसभा राजनीतिक संवाद तथा सहमति समिति मातहतको वार्ता उपसमितिले आइतबार र सोमबार गरेको वार्तामा ती समूहले हतियार बिसाएर शान्तिपूर्ण रानीतिमा आउने प्रतिबद्धता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us