
काठमाण्डु, १२ साउन– गरिब र असहायलाई सम्पन्न वर्गले सहयोग गर्ने चाडका रुपमा लिइने इद उल पिक्र मुस्लिम धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदैछन् ।
एक महिना लामो रमजान ब्रत सकिएको भोलिपल्ट मनाइने यो पर्वमा बिहानै नुहाई धुवाई गरी नयाँ कपडा लगाएर इदगाहा, मस्जिद वा खुला मैदानमा सामूहिक रुपमा नमाज पढ्ने गरिन्छ ।
नमाज पढिसकेपछि मुस्लिम धर्मालम्बलीले एकअर्कामा शुभकामना आदान–प्रदान गर्दै अंकमाल गर्ने चलन छ । आजका दिन सेबैले दूध र चिनि मिसाएर बनाएइको गुलियो परिकार प्रसादक रुपमा ग्रहण गर्ने गर्दछन् ।
इदका अवसरमा विपन्न, अशक्त, टुहुरा र असहायलाई दान दिने चलन छ । यसैबीच इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।