काठमाण्डु, १३ साउन– नेपालका समलिंगी तेश्रोलिंगीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोदी आगामी आइतबार नेपाल भ्रमणमा आउँदैछन् । समलिंगी तेश्रो लिंगीको हकहितमा कार्यरत नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले मोदीलाई खुलापत्र लेखेर नेपाल आउँदा भेट्न चाहेको बताएकी हुन् ।...
हुम्ला, १३ साउन– नेपाल खाद्य संस्थान हुम्लाले तोकिएको कोटाअनुसार जिल्लामा खाद्यान्न ढुवानी गर्न नसक्दा खाद्य सङ्कट भएको छ । यस वर्ष जिल्लामा कोटाअनुसार छुट्टयाइएको ३०० क्विन्टल चामल ढुवानी हुन नसक्दा जिल्लामा खाद्यान्न अभाव भएको हो । यता खाद्य संस्थान हुम्लाले भने वर्षायाम सुरु भएको...
काठमाण्डु, १३ साउन– प्रमुख तीन दल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका बेला जलविद्युत विकास सम्झौता गर्न तयार भएका छन् । मोदी भ्रमणको तयारीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठकले सम्झौता गर्ने निर्णय...
अफगानिस्तान , १३ साउन – अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईका प्रभावशाली भतिजा हस्मत कारजाईको मङ्गलबार एक आत्मघाती आक्रमणमा मत्युभएको अधिकारीहरुले जानकारीे दिएका छन् । यसबीच अफगानिस्तानको नयाँ नेता निर्धारण हुने गरी भएको राष्ट्रपति पदको निर्वाचनको विषयमा विवाद अझै बढेको छ । यस अवधिमा अमेरिकी नेतृत्वमा...
काठमाण्डु , १३ साउन – नेकपा एमाले नवौँ महाधिवेशन सम्पन्न भएको दुई साता वित्दा पनि निर्वाचनमा बराबर मत ल्याउने दुई केन्द्रीय सदस्यका बारेमा टुङ्गो लाग्न सकेको छैन । बराबर मत आएपछि गोला प्रथाबाट निर्णय गर्न सम्बन्धित उम्मेद्वारलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगले पटकपटक बोलाउँदा पनि...
काठमाण्डु , १३ साउन – एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख तीन दलको मङ्गलबार बसेकाे बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ काँग्रेस , एमाले र प्रमुख विपक्षी एमाओवादीको बैठक बसेकाे थियो । बैठकमा एक साता लामो स्वास्थ्य उपचारपछि मङ्गलबार दिउँसो स्वदेश फर्किएका...
जनकपुरधाम, १३ साउन – सर्वसाधारण जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको मालपोत कार्यालय धनुषामा व्यापक अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारका कारण कामविशेषले आउने सेवाग्राहीहरू ठूलो मार्कामा परेको गुनासो सुनिन थालेको छ । जग्गादर्ता, रजिस्ट्रेसन, नामसारी, नाम संशोधनलगायतका काम लिएर जाँदा निर्धारित सरकारी दस्तुरबाहेक मालपोत कार्यालयका फाँटवाला कर्मचारीहरूले...
बागलुङ, १३ साउन – बन्द भएको सात वर्षपछि धवलागिरिकै पहिलो जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–५ गौँडाकोटस्थित कोठेखोला जलविद्युत् गृह मर्मतपछि सञ्चालनमा आएको हो । विसं २०३७ मा निर्मित उक्त आयोजना २०६४ मा बाढी पहिरोले क्षति पुर्याएपछि बन्द अवस्थामा थियो । दुई...
चौतारा, १३ साउन – अवैध रुपमा २० किलो सुन तस्करी गरेको अभियोगमा भन्सार प्रमुखले मागेको धरौटी बुझाउन नसक्दा सिन्धुपाल्चोकको लिस्ती–४ निवासी दावा लामालाई कारागार चलान गरिएको छ । तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीको एकल इजलाशले अभियुक्त लामासँग बरामद सुनको भन्सार मूल्याङ्कनअनुसार माग...
काठमाण्डु , १३ साउन – नेपाली काँग्रेसको पदाधिकारी बैठकले आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई राष्ट्रिय हितमा अधिकतम उपयोग गर्न सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङगलबार बसेको काँग्रेस पदाधिकारी बैठकमा मोदीको नेपाल भ्रमणका सम्बन्धमा सरकारले गरेका तयारीबारे जानकारी गराइनुका साथै त्यसलाई...
काठमाण्डु , साउन १३ – नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिका संयोजक ज्ञानेन्द्रलाल प्रधानले भारतसंग उर्जा व्यापार सम्झौता नभए मुलुकमा लोडसेडिङ् झनै बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रधानले अहिलेको अवस्थामा विद्युत व्यापार सम्झौता अत्यन्तै अपरिहार्य रहेको बताउँदै भारतीय प्रधानमन्त्री...
काठमाण्डु , १३ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा गर्नै नहुने बताएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले हिन्दूराष्ट्र, राजसंस्था, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला...