हुम्ला, १३ साउन– नेपाल खाद्य संस्थान हुम्लाले तोकिएको कोटाअनुसार जिल्लामा खाद्यान्न ढुवानी गर्न नसक्दा खाद्य सङ्कट भएको छ ।
यस वर्ष जिल्लामा कोटाअनुसार छुट्टयाइएको ३०० क्विन्टल चामल ढुवानी हुन नसक्दा जिल्लामा खाद्यान्न अभाव भएको हो ।
यता खाद्य संस्थान हुम्लाले भने वर्षायाम सुरु भएको र मौसम खराब भएपछि बाँकी खाद्यान्न ढुवानीमा समस्या भएकाले जिल्लामा खाद्यान्नको अभाव भएको जनाएको छ ।
जिल्लामा गत असार २८ गतेदेखि कुनै पनि उडान हुन नसकेकामा मंगलबार तारा एयरले दुईवटा उडान भरेको छ । त्यसमा दैनिक उपभोग्य सामग्री ढुवानी गरिएको जनाइएको छ ।
जिल्लामा खाद्यान्न अभाव भएपछि दैनिक उपभोग्य सामग्रीको समेत मूल्य आकासिएको छ । अहिले जिल्लामा व्यापारीले प्रतिप्याकेट चाउचाउको रु ५० सम्म लिने गरेका छन् ।