परासी, १४ साउन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–५ मा बुधबार ट्रकको ठक्करबाट सडकमा हिँडिरहेका एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४३८७ नम्बरको ट्रकको ठक्करबाट कालीकोट शिउना–६ बस्ने १८ वर्षीय विष्णु फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले...
बझाङ, १४ साउन – सदरमुकाम चैनपुरको सडक विस्तारको निहुँमा लाखौँको भ्रष्टाचार भएको रहस्य खुलेको छ । चैनपुर सडक विस्तार समितिले सडक निर्माणका लागि आएको रकम भ्रष्टाचार गरेको देखिएको छ । चैनपुर सडक विस्तार गर्दा सहरी डिभिजन कार्यालय बैतडीले पटकपटक गरी करिब एक करोड, जिविसले...
काठमाण्डु , १४ साउन – अर्थविद् तथा उद्योगीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा नेपालले ऊर्जा सम्झौता गर्न खुट्टा कपाउँन नहुने बताएका छन् । प्रधानमन्त्री मोदीको आसन्न भ्रमणबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लिने अवसरका विषयमा मिडिया इन्टरनेशलनले अनामनगरका बुधवार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै...
काठमाण्डु , साउन १४ – आफ्नो नाममा भएको सम्पत्ति काकाले कब्जा गरेको भन्दै सम्पत्ति फिर्ता गर्नुपर्ने पीडित इलेश कुमार यादवले बताएका छन् । विज्ञान संकायमा प्लस टु पास गरेका सप्तरी खड्गपुर गाविस – १ स्थायी घर भई हाल पशुपतीको पाटीमा सुत्न बाध्य भएका पीडित...
काठमाण्डु , १४ साउन – परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले नेपाल र भारतबीच रहेको ब्यापार घाटा कम गर्न पनि भारतसँग उर्जा सम्झौता गर्नु पर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व परराष्ट्रमन्त्री एवंम नेपाली काँग्रेसकी...
झापा , १४ साउन – साउनको दोस्रो साता बित्दा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गरेका छन् । कन्काइ नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा पानी पर्र्ने आशमा किसानले भव्यरुपमा भ्यागुताको बिहे गरेका हुन्। कन्काइ नगरपालिका–१ को बेहुला भ्यागुता र ७ की बेहुली भ्यागुताबीच सोही...
काठमाण्डु , १४ साउन – रानीवनस्थित स्यारभन गुम्बामा १४औँ दिवङ्गत धर्मगुरु श्ह्यार कुनसिङ्ग रिम्पोछेको पार्थिव शरीर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । उनको ६२ वर्षको उमेरमा गत जेठ २८ गते जर्मनीमा हृदयघातका कारण मृत्यु भएपछि शवलाई मङ्गलबार मात्र सो स्थानमा ल्याइएको थियो ।...
सप्तरी, १४ साउन – आफ्नै छोराको हत्याको आरोपमा प्रहरीले सप्तरीको बिसहरिया गाविसबाट एकजनालाई पक्राउ गरेको छ । आफ्ना आठ वर्षीय छोराको हत्या गरी फरार भएको आरोपमा कोचाबखारी गाविस–९ निवासी श्रवण मण्डललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिगएको टोलीले बिसहरिया गाविस–२...
खोटाङ, १४ साउन – बौलाहा स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते भएका छन् । बुहुलाएर जथाभावी हिँडिरहेको स्यालको टोकाइबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया सुशीला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता खनाल र दोर्पाचिउरीडाँडा–१ का १३ वर्षीय सन्देश राई...
नुवाकोट, १४ साउन – नुवाकोटको राउतबेसी गाविस–९ करेजुङमा रक्सीको कडमा डुबेर एक बालकको ज्यान गएको छ । बिहान करेजुङका सिर्चा तामाङको दुईवर्षे छोरा रक्सीको कडमा डुबेको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको समुन्द्रटारका पवित्रा श्रेष्ठले जानकारी दिनुभएको छ । यसैबीच, नुवाकोटको...
चितवन , १४ साउन – पूर्वी चितवनको मार्तल खोला तर्ने क्रममा खोलाले बगाएका एकजना चेपाङको ज्यान गएको छ । चितवन पिप्ले– ९ धमिले बस्ने वर्ष ४५ को दिलबहादुर चेपाङको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ । खोला तर्ने क्रममा...
काठमाण्डु, १४ साउन – एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यही साउन २० गतेदेखि हुने पूरक परीक्षाको तयारी पूरा भएको र त्यसका लागि आवश्यक पर्ने प्रश्नपत्र...