म्याग्दी, १५ साउन – बेगखोला गाविसमा रहेको स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय एक घरपरिवारले निःशुल्क जग्गा उपलब्ध गराएको छ । बेगखोला–२ का समाजसेवी एवम् भूपू गाविस सचिव हिमबहादुर फगामी र उनका भाइ लोकबहादुर फगामीले स्वास्थ्य चौकीका लागि दुई रोपनी १० आना एक दाम...
काठमाण्डु , १५ साउन – प्रहरी नायब महानिरीक्षक(डिआइजी) गोपाल भण्डारीलाई घुस लिएको आरोपमा निलम्बन गर्न अख्तियारले निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई डिआइजी भण्डारीलाई तत्काल निलम्बन गर्न बिहिबार सिफारिश गरेको हो । भण्डारीमाथि घुस लिएको उजुरीमाथि छानबीन गर्दा पुष्टि हुन आएकाले...
काठमाण्डु , १५ साउन – वीर अस्पतालमा अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको हो । वीर अस्पतालभित्र आर्थिक अनियमितता र भ्रष्टाचारको उजुरीसमेत परेकाले अख्तियार सक्रिय भएको हो । उजुरी परेका सम्बद्ध शाखाबाट आवश्यक कागजात...
म्याग्दी, १५ साउन– सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्याएको छ । विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल बहुविवाह मुद्दामा पक्राउ परेका हुन् । जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि प्रहरीले दुवैजनालाई हिरासतमा लिएर...
धुन्चे, १५ साउन– रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नारायण दलको भण्डारण कक्षमा एक जवानको रहस्यमय मृत्यु भएको छ । उनी ब्यारेकभित्रको भण्डारणकक्षमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन । यस्तै...
पर्वत, १५ साउन– पर्वत सदरमुकाम कुस्माबजारमा पछिल्लो समयमा चोरी तथा लागुऔषध प्रयोगका घटना बढेपछि प्रहरीले २४ सै घण्टा गस्ती बढाएको छ । चोरी तथा लागुऔषध र रक्सी सेवन गरी होहल्ला गर्ने घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मामा गस्ती बढाएको हो । रात्रि...
काठमाण्डु, १५ साउन– एकीकृत नेकपा माओवादीले भारतसँग हुने भनिएको विद्युत व्यापार सम्झौता पिटिए नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बिहान बसेको स्थायी समिति बैठकले विद्युत व्यापार सम्झौता नेपालको हितमा रहेको भन्लै भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा...
काठमाण्डु, १५ साउन– सरकार र आन्दोलनरत वीर अस्पतालका आवासीय चिकित्सकबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । स्वास्थ्य मन्त्री खगराज अधिकारी र आन्दोलनरत चिकित्सकबीच समस्या समाधानको प्रयासमा बिहान भएको वार्तामा कुरा मिल्न नसकेको हो । वार्ताका क्रममा वास्थ्यमन्त्री अधिकारीले अआन्दोलन रोकेर सेवा सुचारु गराउन आग्रह गरेका...
काठमाण्डु, १५ साउन– संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले भारतसँग राष्ट्रिय हितविपरीतका सम्झौता नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोईरालाले बोलाएको बैठकमा ती दलले कुनै पनि सम्झौता गर्दा नेपालको राष्ट्रिय हितलाई...
काठमाण्डु, १४ साउन– नेपालका अधिकांश टेलिभिजनहरुले त्यहाँ कार्यरत पत्रकार र कर्मचारीलाई तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघका प्रतिष्ठान शाखाका अध्यक्ष र सचिवहरुले हस्तक्षेपकारी भूमिका खेल्न महासंघ नेतृत्वलाई दबाब दिएका छन् । सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजिवी पत्रकारहरुको अवस्थाबारे जानकारी लिन महासंघ केन्द्रले बुधबार डाकेको भेलामा...
काठमाण्डु, १४ साउन– व्यवस्थापिका–संसदले अदालतको मानहानीसम्बन्धी विधेयक राय संकलनका लागि जनतामा पठाउने प्रक्रिया सुरु गरेको छ । संसदको बुधबारको बैठकले जनमत संकलनका लागि विधेयक जनतामा पठाउने निर्णय गरेको हो । बैठकमा काननुमन्त्री नरहरि आचार्यले विधेयक जनतामा लगियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । आचार्यको...
चितवन , १४ साउन – लागुऔषध कारोवारमा सुरक्षाकर्मीसमेत संलग्न हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार गएको एक वर्षमा मात्रै पाँच जना सुरक्षाकर्मी लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको हो । पाँचमध्ये तीन नेपाली सेना र दुईजना नेपाल प्रहरीका रहेको चितवनका...