स्वास्थ्य चौकीलाई जग्गा निःशुल्क प्रदान

काठमाण्डु टुडे २०७१ साउन १५ गते ८:४३ मा प्रकाशित

म्याग्दी, १५ साउन – बेगखोला गाविसमा रहेको स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय एक घरपरिवारले निःशुल्क जग्गा उपलब्ध गराएको छ ।

बेगखोला–२ का समाजसेवी एवम् भूपू गाविस सचिव हिमबहादुर फगामी र उनका भाइ लोकबहादुर फगामीले स्वास्थ्य चौकीका लागि दुई रोपनी १० आना एक दाम जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

आफ्ना स्वर्गीय बुवा धनवीर फगामी र आमा हरिकला फगामीको स्मृतिमा हाल हङ्कङमा रहेका हिमबहादुर र गाउँमै बस्दै आएका धनवीरले १० लाख मूल्य बराबरको जग्गा स्वास्थ्य चौकीलाई प्रदान गरेको गाविस सचिव चित्रनाथ शर्माले जानकारी दिए ।

सो जग्गालाई उनीहरुले गत असार महिनामै स्वास्थ्य चौकीको नाममा हस्तान्तरण गरिसकेको गाविस सचिव शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us