सुरक्षाकर्मी लागुऔषध कारोवारमा संलग्न

काठमाण्डु टुडे २०७१ साउन १४ गते १३:०५ मा प्रकाशित

चितवन , १४ साउन – लागुऔषध कारोवारमा सुरक्षाकर्मीसमेत संलग्न हुने गरेको पाइएको छ ।

drugजिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार गएको एक वर्षमा मात्रै पाँच जना सुरक्षाकर्मी लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको हो ।

पाँचमध्ये तीन नेपाली सेना र दुईजना नेपाल प्रहरीका रहेको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

कारोवारीमा यातायात व्यवसायी, व्यापारीसमेतको संलग्नता पाइएकाले अवैध ओसारपसार, कारोवार तथा सेवनकर्तामा कडा निगरानी बढाइएको उनले जानकारी दिए ।

प्रहरीको सक्रियताकै कारण यहाँ लागुऔषध कारोवारीमा संलग्न व्यक्ति अघिल्लो वर्षको तुलनामा निक्कै बढी पक्राउ गरिएको कार्कीले बताए ।

चितवन लागुऔषध ओसारपसारको मुख्य बिन्दुसमेत बन्दै आएको छ ।

यस्तै प्रहरीले गएको वर्ष जिल्लाको विभिन्न स्थानबाट ४० हजार लिटर अवैध घरेलु मदिरासमेत बरामद गरी नष्ट गरेको जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us