काठमाण्डु, १४ साउन– व्यवस्थापिका–संसदले अदालतको मानहानीसम्बन्धी विधेयक राय संकलनका लागि जनतामा पठाउने प्रक्रिया सुरु गरेको छ ।
संसदको बुधबारको बैठकले जनमत संकलनका लागि विधेयक जनतामा पठाउने निर्णय गरेको हो । बैठकमा काननुमन्त्री नरहरि आचार्यले विधेयक जनतामा लगियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
आचार्यको प्रस्ताव संसदको बहुमतले पारित गरेपछि विधेयक जनतामा लैजान बाटो खुलेको हो । बैठकले संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई विधेयक राजपत्रमा प्रकाशित गर्न निर्देशन दिएको छ ।
विधेयक जस्ताकै तस्तै पारित भए प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने तथा न्यायाधीशको स्वेच्छातारिता बढ्ने भन्दै पत्रकार महासंघ, बार एसोसिएनर प्रतिपक्षी दलहरुले विरोध गर्दै आएका थिए ।
संसदमा पेश भएको विधेयक राय संकलनमा लागि जनतामा लागिएको यो पहिलोपटक हो ।