
नुवाकोट, १४ साउन – नुवाकोटको राउतबेसी गाविस–९ करेजुङमा रक्सीको कडमा डुबेर एक बालकको ज्यान गएको छ ।
बिहान करेजुङका सिर्चा तामाङको दुईवर्षे छोरा रक्सीको कडमा डुबेको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको समुन्द्रटारका पवित्रा श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसैबीच, नुवाकोटको गणेस्थान गाविसमा गएको पहिरोले एक दर्जनभन्दा बढी घरलाई क्षति पु¥याएको छ । साथै, थुप्रै मकै बाली पहिरोमा पुरिएको छ ।
गणेस्थान गाविस वडा नं ५ र ६ का एक दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेको र थुप्रै किसानको मकै बाली पहिरोमा परेको किसानले बताएका छन् । घर छेउमा गएको पहिरोका कारण रामबहादुर विक र शम्भुबहादुर ढकालको परिवार असुरक्षित बनेको छ । रासस