काठमाण्डु , साउन १४ – आफ्नो नाममा भएको सम्पत्ति काकाले कब्जा गरेको भन्दै सम्पत्ति फिर्ता गर्नुपर्ने पीडित इलेश कुमार यादवले बताएका छन् ।
विज्ञान संकायमा प्लस टु पास गरेका सप्तरी खड्गपुर गाविस – १ स्थायी घर भई हाल पशुपतीको पाटीमा सुत्न बाध्य भएका पीडित यादवले आफूलाई आफ्नै काकाले सम्पती सवै कब्जा गर्दा आफ्नो यो हालत भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै पीडित यादवले देशमा सामन्ती प्रथाको अन्त्य भइसक्दा पनि अझै यस्ता अन्याय, अत्याचार र शोषण यथावत रहेको बताउँदै आफ्नै काका देवनारायण यादवले आफूलाई विभिन्न जालझेल गर्दै जायजाती सम्पत्ति हडपि सडकमा पुर्याएकोे आरोप लगाए । उनले भने–मेरो आफ्नै काकाले मलाई शारिरिक तथा मानसिक तनाव दिनुभयो । उहाँले अनेक तिकडम अपनाएर मलाई निकाल्नुभयो ।
नयाँ बानेश्वरमा रहेको आफ्नो नामको घरसमेत काकाले जालसाझी गरि आफ्नो नाममा पारेको भन्दै पिडित यादवले आफूलाई भएको अन्यायमाथि सवै सरोकारवाला पक्षले न्याय दिलाउन समेत अपिल गरेका छन् । यादवले भक्कानिँदै भने–म काठमाडौंमा घर हुँदाहुँदै पनि आज सडकको पेटिमा सुत्न बाध्य भएको छु । आफ्नै काकाले यस्तो गर्छन जस्तो मलाई लाग्दैनथ्यो ।
१२ बर्ष अगाडी आफ्नो बुवाको निधन भएको जानकारी दिँदै यादवले बुवाको निधन पछि घरको सम्पूर्ण अभिभावकीय भूमिका काकाले लिएको स्मरण गर्दै काका–काकीले विभिन्न तनाव,यातना तथा दुव्र्यवहार गर्दा आफ्नो ममीको मानसिक सन्तुलन समेत गुमेको बताए । उनले थपे– उहाँहरुले विस्तारै घर कब्जा गर्नुभयो । पछि मलाई समेत उहाँहरुले घरबाट निक्लेर जा समेत भन्नुभयो । हुँदाहुँदै उहाँहरुले ‘स्लो प्वाईजन’ खुवाई सुधार गृहमा समेत मलाई राख्नुभयो । म स्वस्थ हुँदाहुँदै पनि उहाँहरुले जवरजस्ती त्यस्तो मानसिक याताना दिने काम गर्नुभयो ।
पिडितले आफूले न्यायका लागि समाजका प्रतिष्ठित् व्यक्तिहरुसंग कुरा गर्दा आफूलाई मानसिक सन्तुलन गुमेको भन्दै सवैले ईन्कारसमेत गरेको बताए । उनले भने–मलाई जवरजस्ती काकाले रिह्याव सेन्टरमा रोखेको र सोही अनुरुपको कागजपत्र बनाउने गर्नुभएको रहेको छ । उहाँले जहाँ पनि त्यहि कागजपत्र देखाईदिने गुर्नभएको ।
यादवका अनुसार यतिवेला आफूले आर्जन गरेको कुनै पनि शैक्षिक प्रमाणपत्रहरु, नागरिकता लगायतका कागजपत्र जवरजस्ती कब्जा गरेको बताएका छन ।
पिडित यादवले यतिवेला न्यायका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन समेत दिएको बताए ।