अदालतको अपहेलना विधेयक जनतामा लगिने

काठमाण्डु टुडे २०७१ साउन १२ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, १२ साउन– अदालतको अपहेलनासम्बन्धी विवादास्पद विधेयक राय संकलनका लागि जनतासमक्ष लगिने भएको छ ।
subasविवादबीच कानुनमन्त्री नरहरि आचार्यले आइतबार व्यवस्थापिका–संसद् बैठकमा विधेयक पेश गरेका थिए ।

मौलिक अधिकार कुण्ठित गर्ने तथा अदालतर र न्यायाधीशको स्वेच्छाचारिता बढ्ने भन्दै नेपाल पत्रकार महासंघ र बार एसोसिएसनले विधेयकको विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहित केही दल पनि विधेयकको विपक्षमा छन् ।

सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै सभाध्यक्ष सुवास नेम्वाङले राय संकलनका लागि विधेयक जनतामा पठाउन लागिएको जानकारी दिए । नेपालको संसदीय इतिहासमै सरकारले ल्याएको विधेयक राय संकलनका लागि जनतामा पठाउन लागिएको यो पहिलोपटक हो । नेम्वाङले विधेयकबारे चौतर्फी विरोध भएकामा आफू गम्भीर रहेको बताए ।

उनले विधेयक जनतामा लैजान सरकारसमेत सकारात्मक रहेको जानकारी दिए । संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले आगामी बुधबार बस्ने संसद बैठकमा कानुमन्त्री आचार्यले विधेयक जनतामा पठाइयो भन्ने प्रस्ताव पेस गर्ने सम्भावना रहेको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us