मोदी भ्रमणका विषयमा आज पनि छलफल

काठमाण्डु टुडे २०७१ साउन १३ गते १:२० मा प्रकाशित

modiकाठमाण्डु, १३ साउन – प्रमुख तीन दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका थप एजेण्डा तया गर्न आज अपरान्ह परराष्ट्र मन्त्री पाण्डे र उर्जामन्त्री ज्ञवालीसहतिको बैठक बस्दैछ ।

बैठकमा विवादित भारत संग गर्ने भनिएको बिद्युत ब्यापार सम्भलौताका बिषयमा छलफल हुनेछ ।  यसअघि हिजो विहान बसेको सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले तथा मुख्य विपक्षी एकिकृत नेकपा माओवादीको बैठकमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको गृहकार्य गर्ने जिम्मा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र उर्जा मन्त्री राधा ज्ञवालीलाई दिएको थियो ।

भारतीय प्रधानमन्त्रीले १७ वर्षपछि नेपाल भ्रमण गर्न लागेकाले प्रमुख दलहरुले मोदीको भ्रमणलाई निकै महत्व दिइरहेका छन् । यद्यपि, मोदीको भ्रमणका बेला भारतसँग के कस्ता विषयमा सम्झौता गर्ने भन्ने यकिन भइसकेको छैन ।
तीन दलको यसअघिको बैठकले नै मोदीको भ्रमणलाई राजनीतिक तहमा सम्बन्ध विकास गर्ने अवसरको रुपमा लिइ उपलब्धिपूर्ण बनाउने निर्णय गरेको थियो ।
बैठकमा उच्चस्तरीय राजनीतिक समिति र संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि उच्चस्तरीय संयन्त्र गठन तथा नेकपा माओवादी लगायतका संविधानसभा वाहिर रहेका दललाई संविधान निर्माणको प्रक्रियामा कसरी सहभागि गराउने भन्ने विषयमा पनि छलफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us