
काठमाण्डु , १२ साउन – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुसलमान समुदायको पवित्र चाड इद (इदलु फित्र)को शुभकामना दिएका छन् ।
एक महिनाको रमजानपछिको इदले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् ।
उनले यस अवसरमा सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुनिश्चित गर्न तथा महिला, दलित, मुस्लिमको विशेषाधिकार सहितको अग्रगामी जनताको संविधान निर्माणका लागि यस पर्वले सम्पूर्ण मुस्लिम समुदायमा प्रेरणा र उर्जा थपोस् भन्ने हार्दिक शुभेच्छा प्रकट गरेका छन् ।