
काठमाण्डु , १२ साउन – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान बंगलादेशमा अवतरणका क्रममा आगलागी भएको छ ।
आगलागीका कारण मानवीय क्षती नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमान बंगलादेशका एक अधिकारीले बंगालादेशबाटकाठमाण्डु आएको एअर बस ३३० विमानअवतरण गर्ने क्रममा तातेर विमानको पछाडीको पांग्राबाट धुँवा निस्किएको जानकारी दिए । त्यसलाई अग्नि नियन्त्रकले तत्कालै नियन्त्रणमा लिएका थिए ।
आगलागीका कारण विमानस्थलमा केहीबेर विमान उडान र अवतरण रोकिएको थियो ।
अहिले भने विमानको उडान र अवतरण पूर्ववत् रुपमा सुरु भइसकेको छ । आगलागी भएको विमान भने विमानस्थलमा नै थन्किएको छ ।