वृद्धाश्रमका लागि १० लाख

काठमाण्डु टुडे २०७१ साउन १२ गते १०:१५ मा प्रकाशित

इलाम, १२ साउन – धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखी धाम नजिकै वृद्धाश्रम निर्माण गरिने भएको छ ।

‘रु एकमा करोड अभियान, गजुरमुखी धाममा सुविधा सम्पन्न वृद्धाश्रम’ भन्ने नारा दिएर गजुरमुखी सामाजिक विकास मञ्चले वृद्धाश्रम निर्माण गर्ने अभियान सुरु गरेको हो ।

वृद्धाश्रम निर्माण गर्ने अभियानलाई सफल बनाउन राजधानीमा आयोजित एक कार्यक्रममा इलाम गोलाखर्क निवासी गोविन्दप्रसाद मैनाली तथा उहाँकी धर्मपत्नीले आफ्ना आमाबुबाको नाममा १० लाख ११ हजार १११ सहयोग गर्ने घोषणा गरेका मञ्चका सचिव माधव चम्लागाईंले जानकारी दिनुभयो ।

गजुरमुखीजस्तो पवित्र धाममा बन्न लागेको सुविधा सम्पन्न वृद्धाश्रममा वृद्धवृद्धाले जीवनको अन्तिम समय सुविस्ताले बिताउन पाउने अपेक्षा गरिएको छ ।

गजुरमुखी धाम नजिकै वृद्धाश्रम बनाउन पहल गर्ने सभासद् केशवकुमार बुढाथोकीले बताएका छन् ।

इलाम पञ्चकन्या निवासी तारा सापकोटाले रु एक लाख, गोलाखर्क निवासी रमेश अधिकारीले ५० हजार, धनुषाका सञ्जय गुप्ताले एक लाख, सुनिल झाले एक लाख, सुर्खेतका सूर्य खड्काले २५ हजार, स्याङ्जा सोरेक निवासी लक्ष्मीपति पौडेलले आमा धनकुमारीको नाममा ५० हजार, कास्कीका शरद गौचनले ५० हजार, सुलोचना कर्मचार्यले पाँच हजार, इलाम धुसेनीका राजु पिठाकोटेले पाँच हजार तथा मङ्गलबारे निवासी दीपक गौतमले ५० हजार दिने घोषणा गरेका छन् ।

वृद्धाश्रम निर्माणको थालनीको पहिलो दिनमा नै रु १५ लाख दिने प्रतिबद्धता आएको मञ्चका सचिव चम्लागाईंले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us