काठमाण्डु, ११ साउन– प्रहरीले नेपाल समाचारपत्र दैनिकका सह–सम्पादक लेखनाथ अधिकारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अधिकारीलाई आइतबार पक्राउ गरेको हो । विद्युतीय अपराधको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ । यसैबीच अधिकारीलाई पक्राउ गरिएको विषयमा जानकारी...
काठमाण्डु , ११ साउन – विघटन गरिएको १६ वर्षपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग ब्युँत्याएको छ । सरकारले सन् १९९८ मा विभाग विघटन गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी)को अवधारणामा नेपाल पर्यटन बोर्ड गठन गरेको थियो । पछिल्ला केही वर्षयता प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डु , ११ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कोषबाट प्राप्त भएको रकम झोले विद्यालयको नाममा खर्च गरेको भन्दै सर्लाहीका तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी (जिशिअ)सहित तीन जनाविरुद्ध आइतबार विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगले सर्लाही भाङ्सार–४ मा हुँदै नभएको विद्यालयलाई...
धनुषा , ११ साउन – एकीकृत नेकपा माओवादी बाबुराम भट्टराई पक्षीय असन्तुष्टहरुले धनुषामा पनि समानान्तर जिल्ला कमिटी गठन गर्ने तयारी गरेको छ । भट्टराई पक्षले शिला यादवको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । यसले साउन १७ गते जिल्ला भेला...
भारतले यसपालि नेपाललाई विगतमा झैं हेप्न पाएन । नेपाली नेताहरु पनि भारतका पूर्वविदेशमन्त्री एसएम कृष्णालाई भेट्न राजधानीको होटल द्ववारिकाजमा लाम लागेको दृश्य यसपालि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा पुनरावृत्ति भएन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेशमन्त्री स्वराजलाई भेट्न होटल हायात गएनन्...
काठमाण्डु, ११ साउन– व्यवस्थापकिा संसदको बैठकमा सभासद्ले बैठकको अपमान हुने गरी बाटो काटेका छन् । संविधानसभा भवन नयाँबानेश्वरमा आइतबार बसेको बैठकमा अनुभवी र पाका सभासद्हरुले नै संसद बैठक चलिरहेको समयमा बाटो काटेका हुन् । यसरी बाटो काट्नेमा पुराना तथा अनुभबी नेपाली कांग्रेस र एमालेका...
सिन्धुपाल्चोक , ११ साउन – सीमा प्रहरी चौकी तातोपानीले खासाबाट नेपाल ल्याउँदै गरेको २० किलो सुन बरामद गरेको छ । आइतबार दिउँसो साढे दुई बजे सिन्धु्पाल्चोक लिफ्ति ४ का ३६ वर्षीय दावा लामाको साथबाट सुन बरामद गरेको हो । बा ६० प ३६२० नम्बरको...
ओखलढुङ्गा , ११ साउन – दुर्गम भेगमा अझै पनि स्वास्थ्य सेवा पाउन निकै कठिन हुन्छ । न भनेको बेलामा स्वास्थ्यकर्मी पाइन्छ न ओखतीमुलो नै । कुनै बेला यस्तै उदाहरणका रुपमा जिल्लाको रानीवन–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिन सकिन्थ्यो । स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्र...
पोखरा, ११ साउन – पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । अभियुक्तले ती बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ ।...
राजविराज, ११ साउन – सप्तरीको कोचावखारी–९ कुपहीका ८ वर्षीय गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आइतबार जाहेरी दर्ता भएको छ । मृतकका मामाली हजुरबुबा दिघवा–७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्यज्यान मुद्दा दर्ता...
काठमाण्डु , ११ साउन – एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नेपाल –भारत सम्बन्धको प्रमुख समस्याको जड १९५० को सन्धि र त्यससँग आदानप्रदान भएको पत्रहरु रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा छिमेकी मुलुकसँगको सम्बन्ध सुधार्न सन्धिको पुनरावलोकन गर्ने र उनले आफू प्रधानमन्त्री हुँदा प्रस्ताव गरिएको...
काठमाण्डु , ११ साउन – व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले ‘नेपाल–भारत विदेश मन्त्रिस्तरीय वार्तामा ऊर्जा व्यापार सम्झौताको विषय पर सारिएकामा गम्भीर ध्यानाकर्षण गर्दै तत्काल सम्झौता सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले देशको आवश्यकता र स्वार्थलाई ध्यानमा राख्दै विद्युत् व्यापारमा...