२० केजी अवैध सुनसहित पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ११ गते १०:१८ मा प्रकाशित

सिन्धुपाल्चोक , ११ साउन  – सीमा प्रहरी चौकी तातोपानीले खासाबाट नेपाल ल्याउँदै गरेको २० किलो सुन बरामद गरेको छ ।

goldआइतबार दिउँसो साढे दुई बजे सिन्धु्पाल्चोक लिफ्ति ४ का ३६ वर्षीय दावा लामाको साथबाट सुन बरामद गरेको हो ।

बा ६० प ३६२० नम्बरको रातो मोटरसाइकलमा अबैध सुन लिएर आउँदै गरेका उनलाई नियमित चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

सीमा प्रहरी चौकी तातोपानीका प्रहरी नायव उपनिरीक्षक भरत बोहोराले लामालाई नियन्त्रणमा लिई आवश्यक कारबाही थालेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us