नेपाल – भारत समस्याको जड १९५० को सन्धि : भट्टराई

काठमाण्डु टुडे २०७१ साउन ११ गते ८:५९ मा प्रकाशित

काठमाण्डु , ११ साउन – एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नेपाल –भारत सम्बन्धको प्रमुख समस्याको जड  १९५० को सन्धि र त्यससँग आदानप्रदान भएको पत्रहरु रहेको बताएका छन् ।

Baburam-Bhattarai_AP_20120907053211सामाजिक सञ्जाल फेसबुकमा छिमेकी मुलुकसँगको सम्बन्ध सुधार्न सन्धिको पुनरावलोकन गर्ने र उनले आफू प्रधानमन्त्री हुँदा प्रस्ताव गरिएको ‘इमिनेन्ट पर्सन ग्रुप’ बनाउने संयुक्त आयोगको निर्णय हुनु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

काठमाण्डुमा शनिबार अबेर सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा १९५० को सन्धि पुनरावलोकन गर्नेसहितका २६ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us