काठमाण्डु , ११ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कोषबाट प्राप्त भएको रकम झोले विद्यालयको नाममा खर्च गरेको भन्दै सर्लाहीका तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी (जिशिअ)सहित तीन जनाविरुद्ध आइतबार विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगले सर्लाही भाङ्सार–४ मा हुँदै नभएको विद्यालयलाई सामुदायिक प्राथमिक विद्यालयको नाममा आव २०६६–६७ देखि २०७०–२०७१ सम्म १६ लाख ८८ हजार ९७९ हिनामिना गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
सो कार्यमा तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी हेमन्तकुमार सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता यादव र प्रधानाध्यापक जयनारायण यादव सङ्लग्न रहेको पाइएको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम हदैसम्मको सजायको माग दाबी गरिएको आयोगको विज्ञप्तिमा जनाइएको छ ।