समाचार

सुष्मा स्वराज तर्साउन फणिन्द्र नेपालको यस्तो माग

२०७१ साउन ११ गते १:३०

काठमाण्डु, ११ साउन– भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा छिन् । दुई दिने भ्रमणका सिलसिला शुक्रबार नेपाल आएकी उनले सोही दिनदेखि राजनीतिक भेटवार्ता थालिन् । शनिबार राष्ट्रपतिदेखि, प्रधानमन्त्री र अधिकांश दलका शीर्ष नेता भेटिन् । भेटमा सबैले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र विकासमा...

१९५० को सन्धि पुनरावलोकन गर्ने सहमति

२०७१ साउन ११ गते १:२८

काठमाण्डु, ११ साउन –नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ । शनिबार राति सकिएको नेपाल भारत संयुक्त बैठकमा यस्तो सहमति भएको हो । नेपालमा राजनीतिक र नागरिक तहबाट यो सन्धि असमान भन्दै विरोध हुँदै। आएको थियो...

भारतीय विदेशमन्त्रीबाट बामदेव अपमानित

२०७१ साउन १० गते १४:५४

काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भरतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका उपप्रधानमन्त्री बामदेव गौतमको अपमान गरेकी छन् । विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री गौतमलाई भेट्न बोलाएर पनि नभेटेर अपमानित गरेकी हुन् । सूत्रका अनुसार उपप्रधानमन्त्री गौतम र विदेशमन्त्री स्वराजवीच शनिबार अपरान्ह ३ बजे राजधानीको होटल मल्लमा...

एमाओवादीले स्वराजलाई भन्यो, ‘कर्मचारीका भरमा भएन, राजनीतिक वार्ता गरौं’

२०७१ साउन १० गते १४:५२

काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले एकीकृत माओवादी शीर्ष नेतृत्वसँग भेटघाट गरेकी छन् । नयाँबानेश्वरिस्थित संविधानसभा भवनमा भएको भेटमा माओवादी नेताहरुले विगतमा कर्मचारीले कुटनीतिक डिल गर्दा समस्या आएको भन्दै महत्वपूर्ण विषयमा राजनीतिक तहमै छलफल अघि बढाउनुपर्ने बताएका छन् । १७...

नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्ने

२०७१ साउन १० गते १४:५१

काठमाण्डु, १० साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा व्यवस्थापिका–संसदका सदस्यहरुलाई सम्बोधनगर्ने भएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र संविधानसभा अध्यक्ष सुवासचन्द्र सुवासचन्द्र नेम्वाङबीच शनिबार भएको भेटमा मोदीले संसदलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको हो । नेम्वाङले मोदीले नेपालको संसदमा सम्बोधन गर्ने...

भारतीय विदेशमन्त्रीले वैद्य नभेट्ने

२०७१ साउन १० गते १४:३८

काठमाण्डु, १० असार– नेपाल  भ्रमणमा रहेकी भरतीय प्रधानमन्त्री सुष्मा स्वराजले नेकपा–माओवादीका नेतालाई नभेट्ने भएकी छन् । उनको भेटघाटको सूचीमा सो पार्टीका नेताको नाम राखिएको छैन । तर भारतीय दूतावास स्रोतले भने नेकपा–माओवादीले आग्रह गरे भेटघाट मिलाउन सकिने बताएको छ । शुक्रबार काठमाण्डु आएकी स्वराजले...

नेपालमा वार्षिक ५५ हजार मानिस आगोमा जल्छन्

२०७१ साउन १० गते १४:१२

काठमाण्डु, १० साउन– नेपालमा आगाले जलेर घाइते हुने र मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न सरकारले ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल अग्नि जलन समाज नेपालले शनिबार राजधानीमा गरेको ‘नेपालमा अग्नि जलन’ विषयको अन्तक्र्रियामा नेपालमा प्रत्येक वर्ष ५५ हजार मानिस...

दीपशिखाको ‘रात फुलेको याम’ सार्वजनिक

२०७१ साउन १० गते १३:५७

काठमाण्डु – एकीकृत माओवादी युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’को उपन्यास ‘रात फुलेको याम’को शनिबार बिमोचन भएको छ । काठमाण्डुमा शनिबार आयोजिक कार्यक्रममा एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले उपन्यासको विमोचन गरेका हुन् । कार्यक्रममा बोटगीले नेपाली प्रगतिवादी साहित्य क्षेत्रले १० वर्षे सशस्त्र जनयुद्धलाई नजिकबाट बुझ्न र...

प्रचण्डपथका कारण जनयुद्ध तुहियो: भट्टराई

२०७१ साउन १० गते १३:४७

सुनसरी, १० साउन– एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले ‘प्रचण्डपथ’ का कारण जनयुद्ध तुहिएको टिप्पणी गरेका छन् । वैकल्पिक विचार मञ्चले शनिबार इटहरीमा गरेको ‘नयाँ शक्तिका लागि डा. बाबुराम भट्टराई’ विषयक कार्यक्रममा उनले प्रचण्डपथका कारण जनयुद्ध सफल हुन नसकेको बताएका हुन् । प्रचण्डपथलाई कार्यदिशा बनाइएका...

काभ्रेमा नेकपा–माओवादीको दुई कार्यालय

२०७१ साउन १० गते १३:४४

काभ्रे, १० साउन–  आन्तरिक विवाद चुलिएपछि नेकपा–माओवादीको दुवै पक्षले काभ्रेमा छुट्टाछुट्टै पार्टी कार्यालय खोलेका छन् । केन्द्रीय सदस्य चुडामणि गौतम र पूर्वजिल्ला सचिव दीपक देवकोटा पक्षले छुट्टाछुट्टै कार्यालय खोलेका हुन् । गौतम पक्षको कार्यालय धुलिखेल र देवकोटा पक्षको कार्यालय बनेपामा छ । गौतमले भने...

स्वराजले भेटिन राष्ट्रपति

२०७१ साउन १० गते १३:२६

काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गरेकी छन् । राष्ट्रपति भेट्न स्वराज शनिबार अपराह्न राष्ट्रपति भवन शीतलनिवास पुगेकी थिइन् । भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हित र नेपालको विकास लगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानएको...

महाधिवेशनमा जन्मिएका गुट–उपगुट भत्काऊ : झलनाथ

२०७१ साउन १० गते १३:१८

काठमाण्डु, १० साउन– एमाले वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनका बेला जन्मिएका गुट उपगुट विघटन गर्नुपर्ने बताएका छन् । एमाले काठमाण्डुले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले स्थायी गुटबन्दी अन्त्य हुनुपर्ने बताएका हुन् । खनालले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने दायित्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us