काभ्रेमा नेकपा–माओवादीको दुई कार्यालय

काठमाण्डु टुडे २०७१ साउन १० गते १३:४४ मा प्रकाशित

काभ्रे, १० साउन–  आन्तरिक विवाद चुलिएपछि नेकपा–माओवादीको दुवै पक्षले काभ्रेमा छुट्टाछुट्टै पार्टी कार्यालय खोलेका छन् ।
maoist flagकेन्द्रीय सदस्य चुडामणि गौतम र पूर्वजिल्ला सचिव दीपक देवकोटा पक्षले छुट्टाछुट्टै कार्यालय खोलेका हुन् ।

गौतम पक्षको कार्यालय धुलिखेल र देवकोटा पक्षको कार्यालय बनेपामा छ । गौतमले भने कार्यालयको सामान देवकोटा पक्षले लुटेर लगेकाले बाध्य भएर अर्को कार्यालय खोलिएको बताए । दुवैले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

देवकोटाले भने सामान लुटिएको नभई महंगो घरबाट भएको स्थानबाट सस्तो भएको स्थानमा कार्यालय सारिएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us