दीपशिखाको ‘रात फुलेको याम’ सार्वजनिक

काठमाण्डु टुडे २०७१ साउन १० गते १३:५७ मा प्रकाशित

काठमाण्डु – एकीकृत माओवादी युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’को उपन्यास ‘रात फुलेको याम’को शनिबार बिमोचन भएको छ ।

dip shikha
काठमाण्डुमा शनिबार आयोजिक कार्यक्रममा एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले उपन्यासको विमोचन गरेका हुन् । कार्यक्रममा बोटगीले नेपाली प्रगतिवादी साहित्य क्षेत्रले १० वर्षे सशस्त्र जनयुद्धलाई नजिकबाट बुझ्न र मनन गर्न लायक कृति पाएको बताए ।

जनयुद्धबाट प्राप्त राजनीतिक, समाजिक र सांस्कृतिक उपलब्धि धरापमा पर्ने खतरा बढिरहेका बेला सर्जकहरुले आफ्ना विधामार्फत त्यसको जर्गेना गर्नुपर्नेमा उनले जोड दिए ।
वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली समाजको यथार्थ तस्बिरलाई सरल भाषामा उपन्यासको स्वरुप दिनु गाह्रो भएपनि दिपशीखाको प्रयास सराहनीय भएको बताए ।
कार्यक्रममा समालोचक डा रमेश भट्टराईले जनयुद्धको विद्रोह र करुणालाई सरल भाषामा प्रस्तुत गरिएको उपन्यासले नेपाली समाजलाई चित्रण गरेको भन्दै विद्रोहको सौन्दर्य अन्य सौन्दर्यभन्दा गहन र मननयोग्य भएको उल्लेख गरे ।

पत्रकार कृष्णज्वाला देवकोटाले नेपाली उपन्यास लेखनमा फरक–फरक शैली भएपनि विद्रोहको कथा नै बढ्ता सजीव रहने बताए ।
साङ्ग्रीला बुक्सले प्रकाशनमा ल्याएको सो उपन्यासमा सशस्त्र युद्धकालीन कथालाई नवीन सोचका साथ प्रस्तुत गरिएको छ ।

एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिगको उपत्यका अध्यक्ष र प्रवक्तासमेत रहेका सापकोटाको सो उपन्यासमा २०६२/६३ को जनआन्दोलन र दशवर्षे युद्धका केही घटनालाई समेटेर उपन्यासको रुप दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us