काठमाण्डु, १० साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा व्यवस्थापिका–संसदका सदस्यहरुलाई सम्बोधनगर्ने भएका छन्
।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज र संविधानसभा अध्यक्ष सुवासचन्द्र सुवासचन्द्र नेम्वाङबीच शनिबार भएको भेटमा मोदीले संसदलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।
नेम्वाङले मोदीले नेपालको संसदमा सम्बोधन गर्ने बताए । ‘ भारतीय प्रधानमन्त्री नेपाल आउँदाको अवस्थामा संसदलाई सम्बोधन गर्ने विषयमा कुरा भयो’, नेम्वाङले भने, ‘हामीले त्यसको तयारी सुरु गरिसकेका छौं ।’
मोदी आगामी १८ साउनमा नेपाल आउँदैछन् । मोदी संविधानसभा निर्वाचनपछि नेपालको संसदलाई सम्बोधन गर्ने दोश्रो नेता हुनेछन् । यसअघि बर्माकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीले व्यवस्थापिका–संसदमा सम्बोधन गरेकी थिइन् ।