सरकारका कारण स्वराजको भ्रमण औपचारिकतामै सीमित: अमरेश

काठमाण्डु टुडे २०७१ साउन १२ गते ४:५३ मा प्रकाशित

काठमाण्डु, १२ साउन– काँग्रेस नेता अमरेशकुमार सिंहले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबाट कुनै लाभ उठाउन नसकेको भन्दै amreshसरकारको आलोचना गरेका छन् ।
सिंहले नेपाल सरकारका कारण स्वराजको भ्रमण औपचारिकतामै सीमित भएको आरोप लगाए । ‘भारतीय विदेशमन्त्रीको भ्रमणबाट नेपालले जति फाइदा लिनसक्थ्यो, त्यो भएन’, काठमाण्डु टुडेसँग सिंहले भने, ‘सरकारको कमजोरीका कारण भ्रमण औपचारिकतामा सीमित भयो ।

उनले प्रस्तावित उर्जा सम्झौताका विषयमा  प्रमुख राजनीतिक दलबीच सहमति जुटाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । सत्तारुढ काँग्रेस एमाले र एमालेकै उर्जा र परराष्ट्रमन्त्रीको बुझाइ फरक भएकाले उर्जा सम्झौता हुन नसकेको उनको बुझाइ छ ।

‘सरकारबाहिर रहेका दलबीचमा त सहमति हुन सकेन’, सिंहले भने कम्तिमा सरकारमा रहेका काँग्रेस र एमालेबीच समान धारणा हुनुपथ्र्यो नि ?’ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसम्ममा दलीय सहमति बनाएर जलविुत सम्झौता गर्नुपर्ने उनले बताए ।

सिंहले परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नेपालले आफ्ना विकासका प्राथमिकता  प्रष्टताका साथ राख्न नसकेको टिप्पणी गरे । राजनीतिक रुपमा भने स्वराजको भ्रमणबाट नेपाललाई फाइदा पुगेको टिप्पणी सिंहले गरे । स्वराज तीन दिने नेपाल भ्रमण पूरा गरी आइतबार दिल्ली फर्केकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us