
पोखरा, ११ साउन– १३ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पोखराको प्रस्याङगबाट पक्राउ गरेको छ ।
भारत बेतिया घर भई कास्की लेखनाथ बस्दै आएका २४ वर्षीय सोयल अन्सारी पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरेका अन्सारीले झ्यालको जाली फोरेर बालिकालाई जबर्जस्ती गरेको प्रहरीले जनाएको छ ।
अन्सारीले गत ८ साउनको राति झ्यालबाट भित्र छिरेर बालिकाको मलद्वारमा करणी गरेको पीडित बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका नायव उपरीक्षक केदार रजौरेले अन्सारीविरुद्ध जबर्जस्ती करणी अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान थालिएको जानकारी दिए ।