कालिकोट, १२ साउन– कालिकोटको सिउना–४ मा वर्षातसँगै गएको पहिरोले घर बगाउँदा एक बालकको पुरिएर मृत्यु भएको छ ।
स्थानीय पदम सुनारको घर पहिरोले बगाउँदा उनका छोरा ५ वर्षीय कटक सुनारको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर पदमसहित उनकी श्रीमती २३ वर्षीया विष्णा र उनीहरुका छोरा १ वर्षीय गोपाल घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
परिवारका सबै सुतिरहेका बेला राति २ बजेको समयमा माथिबाट खसेको पहिरोले सुनारको घर पुरेको थियो ।