पशुपतिको दर्शन गरेर फर्किइन् स्वराज

काठमाण्डु टुडे २०७१ साउन ११ गते २:३२ मा प्रकाशित

काठमाण्डु, ११ साउन–  भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएकी छिन् ।

sushma
स्वराज शुक्रबार नेपाल आएकी थिइन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष पशुपति सम्शेर राणा, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, नेपाली सममक्षी महेन्द्रबहादुर पाण्डे र मधेस केन्द्रित दलका अध्यक्षहरुसँग भेटवार्ता गरिन् ।

ती भेटमा उनले नेपाललाई भारतले उच्च महत्वमा राखेको उल्लेख गर्दै जारी शान्ति प्रक्रिया, संविधान लेखन तथा विकास र स्थायित्वका लागि सघाउने प्रतिबद्धता जनाएकी छन् ।

यसैबीच स्वदेश फर्कनुअघि उनले पशुपतिनाथको दर्शन गर्ने भएकी छन् । स्वराज बिहान नौ बजे पशुपतिनाथ जाने कार्यक्रम छ । उनी आजै विशेष विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us