नेपाल भ्रमण उपलब्धिमुलक : स्वराज

काठमाण्डु टुडे २०७१ साउन ११ गते ८:३१ मा प्रकाशित

काठमाण्डु , ११ साउन – भारतका विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो नेपाल भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमुलक रहेको बताएकी छिन् ।

g]kfnsf] ltg lbg] e|d0f ;s]/ :jb]z kms{g nfUg' ePsf ef/tLo ljb]z dGqL z'idf zf]/fh cGt{/fli6«o ljdfg :ynsf] kqsf/ ;Dd]ngdf jf]Ng' x'b} . tl:j/ k|bLk/fh jGt /f;;नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्क्षिप्त मन्तव्य दिँदै उनले उक्त कुरा बताएकी हुन् ।

आफ्नो नेपाल भ्रमण सफल रहेको र त्यसबाट आफू पूर्ण सन्तुष्ट भएको भन्दै उनले आफ्नो नेपाल यात्रा भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ एवम् प्रगाढ तुल्याउन फलदायी भएको बताइन् ।

उनले भनिन् – “नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई मुलुकबीच २६ विषयमा सहमति हुनुले पारस्परिक सहयोगको नयाँ मार्गचित्र तयार भएको छ ।”

भ्रमणका क्रममा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, नेकपा एमालेका कार्यबाहक अध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसवादी दलका प्रमुखहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् ।

तेइस वर्षपछि आयोजना भएको आयोगको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार आएकी उनले भारतमा दुई महिनाअघि गठन भएको नयाँ सरकारको प्राथमिकतामा नेपाल उच्च स्थानमा रहेको बताएकी थिइन् ।

विमानस्थलको विशिष्ट कक्षमा भारतीय विदेशमन्त्रीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, सोही मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख अमृतबहादुर राई, नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, काठमाण्डु प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, नायब शिष्टाचार महापाल लेखनाथ भट्टराई र शिष्टाचार अधिकृत पुरुषोत्तम ढुङ्गेलले बिदाई गरेका थिए ।

भारतीय विशिष्ट अतिथिको बिदाईका लागि विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे, यहाँस्थित भारतीय दूतावासका उपप्रमुख पीयूष श्रीवास्तव, प्रवक्ता अभयकुमारलगायत उक्त दूतावासका वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us