नेपालगन्ज, ११ साउन – वर्षात् सुरु हुने क्रमसँगै विशेषतः सरुवा तथा सङ्क्रमण रोगको जोखिममा रहेका बाँके जिल्लाका गाविस र नेपालगन्ज नगरपालिकामा स्वास्थ्य सतर्कता अपनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, सङ्क्रमण जोखिमको अवस्थालाई दृष्टिगत गरी त्यस क्षेत्रमा अहिले पर्याप्त औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।
गाविसका अधिकांश नागरिकमा झाडापखाला, हैजा, आउँमासी, टाइफाइड, औलो, डेङ्गु, इन्सेफ्लाइटिस, भाइरल इन्फ्लुएन्जा र आँखा रोगको समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रयाससमेत थालिएको छ ।