नवलपरासीमा डेङ्गुका बिरामी फेला

काठमाण्डु टुडे २०७१ साउन १० गते ४:३५ मा प्रकाशित

नवलपरासी, १० साउन –नवलपरासीको नयाँ बेलहानी गाविसको अरुणखोला बजारमा डेङ्गुका बिरामी फेला परेका छन् । फर्निचर उद्योगमा कार्यरत मजदुर बिरामी भई चितवन अस्पतालमा जाँच गराउँदा डेङ्गु फेला परेको हो ।

जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा सचेतना कार्यक्रम लैजाने भएको छ । बढी जोखिमपूर्ण नभए नयाँ बिरामी फेला परेको हँदा सो क्षेत्रमा सरसफाइ र लामखुट्टे नियन्त्रणका कार्यक्रम लैजाने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताए ।

गत वर्ष पनि गैँडाकोट मुकुन्दपुरमा डेङ्गुका बिरामी फेला परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us