काठमाण्डु, १० साउन– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला पुत्र सुरेशको हृदयघातबाट शनिबार
निधन भएको छ ।
६७ वर्षीय कोइरालाको काठमाण्डुको बागबजारस्थित ओम अस्पतालमा निधन भएको हो । उनी गिरिजाप्रसादका आफ्नै नभई झड्केला छोरा हुन् । गिरिजा पत्नि सुस्माका पहिलो पतिबाट जन्मिएका उनी कोइराला परिवारकै संरक्षणमा हुकिर्एका थिए ।
उनले गिरिजा प्रसादकै नामबाट नागरिकता लिएका थिए । सुरेशको शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ