भारतीय विदेशमन्त्री मधेसी दलका नेतासँग भेट गरिन

काठमाण्डु टुडे २०७१ साउन १० गते ५:१० मा प्रकाशित

sushma swarajकाठमाण्डु, १० साउन –  भारतका विदेशमन्त्री सुष्मा स्वराज विभिन्न मधेसवादी दलका  नेताहरूसँगको भेटघाटमा व्यस्त भएकी छिन् । उनीसँग सँग मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष शरत्सिंह भण्डारी, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, मधेसी जनअधिकार  फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भेटवार्ता गरेका छन् ।

भारतीय विदेशमन्त्रीसँगको सामूहिक सो भेटवार्तामा नेपाली काँग्रेसका अमरेशकुमार सिंह, तराई मधेस जागरण अभियानका जयप्रकाशप्रसाद गुप्ता, एकीकृत नेकपा (माओवादी)का प्रभू साह, तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एमाले)का शत्रुघनकुमार महतो पनि सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us