प्रचण्डकी सासुको निधन

काठमाण्डु टुडे २०७१ साउन १० गते १२:१० मा प्रकाशित

काठमाण्डु, १० साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा शोक परेको छ ।

प्रचण्ड पत्नी सीताकी आमा हरिकला पौडेलको शनिबार ८६ वर्षको उमेरमा निधन भएको हो । राजधानीको ग्रिन सिटी अस्पतालमा उपचार गराएर उनलाई शनिबारै चितवन लगिएको थियो ।

कास्की हेम्जाकी स्थायी बासिन्दा पौडेलको चितवनको पटिहानीस्थित निवासमा निधन भएको हो ।

आफ्नै घरमा प्राण त्याग्ने इच्छाअनुसार हरिकलालाई चितवन लगिएको नाति प्रकाश दाहालले बताए । पारिवारिक स्रोतका अनुसार हरिकालाले आर्थिक अवस्था कमजोर रहेका प्रचण्डको राजनीतिक जीवनमा आर्थिक लगायतका सहयोग गर्दै आएकी थिएन् ।

मृतकका दुई छोरी र चार छोरी छन् । उनको चितवनको देवघाटमा परम्पराअनुसार आजै अन्त्येष्टि गरिने बताइएको छ । उनको पार्थिक शरीरमा ज्वाईं प्रचण्डले कम्युनिष्ट पार्टीको झण्डा ओढाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us