समाचार

सिन्धुपाल्चोकमा फेरि पहिरो, पाँचजनाको मृत्यु

२०७१ भदौ ९ गते ८:२२

चौतारा, ९ भदौ– सिन्धुपाल्चोकको जलवीरे बजारनजिकै बरम्फी–१ खमारेमा सोमबार दिउँसो गएको पहिरोले तीन घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । अरु दुईजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा नीरबहादुर थापा, गणेशकुमारी थापा, डम्बरबहादुर थापा, भगवत थापा र चन्द्रवती थापा छन् । चन्द्रवतीको उपचारका...

राहत नपाएपछि बाढीपीडित आम हड्तालमा

२०७१ भदौ ९ गते ८:१०

दार्चुला, ९ भदौ– दार्चुलाका बाढीपीडित राहत र पुनस्र्थापनासहित विभिन्न माग राखेर आमहड्तालमा उत्रिएका छन् । सरकारले क्षतिपूर्ति र पुनःस्थापना गर्न बेवास्ता गरेको भन्दै दार्चुला बाढीपीडित संंघर्ष समितिले जिल्ला बन्द आह्वान गरेको हो । संघर्ष समितिका अध्यक्ष गोपाल सिंहले बाढीपीडितलाई सरकारले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिएको...

प्रहरी अधिकारी नै तस्करीमा संलग्न रहेकाे खुलासा

२०७१ भदौ ९ गते ७:५४

कैलाली ९ भदौ– जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक रमेश पण्डित अवैध धन्दा र तस्करीमा मुछिएका छन् । सबैतिरबाट तस्करहरुसँग मिलेर अवैध धन्धा सञ्चालन गरेको आरोप लागेपछि पण्डितसँग सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ । क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नायव महानिरीक्षक...

भट्टराई पक्षको सप्तरीमा पनि समानान्तर कमिटी

२०७१ भदौ ९ गते ७:१५

सप्तरी, ९ भदौ– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई समूहले सप्तरीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । राजविराजमा सम्पन्न सो समूहको भेलाले सरस्वती चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो । चौधरी गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा सप्तरी–५ की...

सुशीलसँग फोनमा बाेलेपछि वैद्यले भने, ‘संविधानसभा विघटन गर’

२०७१ भदौ ९ गते ७:००

पाल्पा ९ भदौ–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाली जनतालाई मान्य नहुने संविधान आफनो पार्टीलाई पनि मान्य नहुने बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले वर्तमान संविधानसभा खारेजीको माग गरे । उनले अहिलेको संविधानसभाले संविधान जारी गर्न नसक्ने जिकिर...

लेखा समितिको ध्यान एन्फातिर

२०७१ भदौ ९ गते ६:५२

काठमाण्डु, ९ भदौ– व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को असन्तुष्ट पक्षलाई छलफलमा बोलाएको छ । समितिको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको समिति बैठकले एन्फाका असन्तुष्ट पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको हो । समिति सभापति जनार्दन शर्माले उपाध्यक्षद्धय कर्माछिरिङ शेर्पा र...

संविधानका विवादमा समान धारणा बनाएर अघि बढ्ने सत्तापक्षको निर्णय

२०७१ भदौ ९ गते ६:०२

काठमाण्डु, ९ भदौ– सत्तारुढ काँग्रेस–एमालेसहित साना दल भावी संविधानका विवादित विषयमा समाधान धारणा बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको पहलमा सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीय र न्याया प्रणालीजस्ता विवादास्पद विषयमा समान धारणा बनाएर अघि...

बाबुरामपछि किन गए माधव नेपाल तीर्थाटनका लागि मानसरोबार ?

२०७१ भदौ ९ गते ५:५९

काठमाण्डु, ९ भदौ– एमाले नेता माधवकुमार नेपाल तीर्थयात्राका लागि चीनको ल्हासा पुगेका छन् । पत्नी गायत्री र भाइहरु विनोद उपाध्याय र सरोज उपाध्यायसहित चाइना एयरको विमानमार्फत उनी सोमबार बिहा ल्हासा गएका हुन् । नेता नेपालले मानसरोबरसहित केही धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।...

नुवाकोटबाट बेच्न लगिएका दुई बालिकाको गड्डाचौकीमा उद्धार

२०७१ भदौ ९ गते ५:४५

कञ्चनपुर, ९ भदौ– प्रहरीले भारतको नयाँ दिल्लीमा बेचबिखनका लागि लगिएका  दुई बालिकाको गड्डाचौकी नाकाबाट उद्दार गरेको छ । नुवाकोट राउतवेशी–८ का १४ र ९ वर्षीया बालिकाको गड्डाचौकी प्रहरीले उद्दार गरेको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार उनीहरुलाई सीमावर्ती भारतीय सहर बनबासा लैजाँदै गरिएको...

खल्तीमा सुर्ती चुरोट बोकेर कार्यालय गए कारबाही

२०७१ भदौ ९ गते ५:२४

गोरखा, ९ भदौ– जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले चुरोट र सुर्ती  खल्तीमा राखेर हिँड्ने र सेवन गर्ने कर्मचारीमाथि कारबाही गर्ने भएको छ । सुर्तीजन्य पदार्थको सेवनलाई पूर्णरुपमा न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयले यस्तो अभियान थालेको हो । कार्यालय समयभित्र चुरोट, सुर्ती खाएको थाहा पाएमा, कुनै कर्मचारीको...

आज कुशेऔंसी, बाबुको मुख हेरिँदै

२०७१ भदौ ९ गते ५:१७

काठमाण्डु, ९ भदौ– भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । आजका दिन देवकार्य र पितृकार्यमा पवित्र मानेर वर्षभरि प्रयोग गरिने कुश घरघरमा भित्र्याइन्छ । ब्राहृमणहरूले विधिपूर्वक पूजा गरी छेदन गरएको कुश जजमानकहाँ पुर्याडउने गर्दछन् । कुश घरमा राख्नाले...

१ सय ५० गाँजासहित महरा पक्राउ

२०७१ भदौ ९ गते ४:३५

महोत्तरी, ९ भदौ– प्रहरीले महोत्तरीको हलखोरीबाट १ सय ५० किलोग्राम तयारी गाँजासहित  एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलखोरी–५ का ५२ वर्षिय शिवलाल महरा छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले महरालाई उनकै घरबाट पक्राउ गरेको गरिएको जनाएको छ । महराले भारत निकासी गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us