
काठमाण्डु, ९ भदौ– व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को असन्तुष्ट पक्षलाई छलफलमा बोलाएको छ ।
समितिको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको समिति बैठकले एन्फाका असन्तुष्ट पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको हो ।
समिति सभापति जनार्दन शर्माले उपाध्यक्षद्धय कर्माछिरिङ शेर्पा र विजय मानन्धर तथा केन्द्रीय सदस्य पंकज नेम्वाङलाई बुधबार बिहान ८ बजे बस्ने बैठकमा छलफलका लागि बोलाइएको बताए ।
उनीहरुले एन्फामा चरम अनियमिता हुने गरेको बताउँदै आएका छन् । एन्फाभित्रको भ्रष्टाचारविरुद्ध उनीहरु आन्दोलनमा छन् ।