सुशीलसँग फोनमा बाेलेपछि वैद्यले भने, ‘संविधानसभा विघटन गर’

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ७:०० मा प्रकाशित

mohan-baidyaपाल्पा ९ भदौ–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाली जनतालाई मान्य नहुने संविधान आफनो पार्टीलाई पनि मान्य नहुने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले वर्तमान संविधानसभा खारेजीको माग गरे ।

उनले अहिलेको संविधानसभाले संविधान जारी गर्न नसक्ने जिकिर गरे । उनले जनतालाई अमान्य नहुने संविधान जारी गर्ने प्रयास भए आफ्नो पार्टी आन्दोलनमा उत्रने चेतावनीसमेत दिए ।

वैद्यले सर्वपक्षीय राजनीतिक सम्मेलन वर्तमान रानजीतिक संकट समाधानको एक मात्र विकल्प भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us