काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा हरि ढकाल, असिम साह र निशा डाँगी निर्वाचित भएका छन् ।
चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत शुक्रबार पदाधिकारी चयनका लागि भएको निर्वाचनमा उनीहरु विजयी भएका हुन् ।
खुलाबाट शाहले ४७१ तथा ढकालले ४१० र महिला तर्फबाट डाँगीले ७ सय ३७ मत प्राप्त गरेकी हुन् ।
ढकाल संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापति र साह प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार हुन् ।
डाँगी प्रतिनिधिसभा सदस्य छिन् ।
रास्वपा विधानमा ५ सहमहामन्त्री रहने व्यवस्था छ । तीन जना निर्वाचनबाट र २ जना सभापतिले मनोनित गर्ने विधानमा उल्लेख छ । तीन सहमहामन्त्रीका लागि १५ जना उम्मेदवार मैदानमा थिए ।
खुलाबाट ढकाल र साहसहित सुलभ खरेल, यज्ञमणि न्यौपाने, रमेश प्रसाईं, अशोककुमार चौधरी, मिलन लिम्बु, हिमेश पन्त, राजीव खत्री र विजय जैरु उम्मेदवार थिए ।
महिलातर्फ डाँगीसँगै रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरी प्रतिस्पर्धामा थिए ।