तोसिमालाई हराउँदै सोबिता रास्वपा उपाध्यक्ष निर्वाचित

काठमाण्डु टुडे २०८३ असार १२ गते २०:४० मा प्रकाशित

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपाध्यक्षमा सोबितदा गौतम निर्वाचित भएकी छन् ।

शुक्रबार भएको निर्वाचनमा तोसिमा कार्कीलाई पराजित गर्दै सोबिता उपाध्यक्ष निर्वाचित भएकी हुन् ।

सोबिता ७ सय ८९ मतसहित विजयी हुँदा तोसिमाले ५ सय ७२ मत ल्याइन् ।

सोबिता कानूनमन्त्रीसमेत छिन् । तोसिमा प्रतिनिधिसभा सदस्य हुन् ।

सोबितालाई सभापति रवि लामिछाने र तोसिमालाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को समर्थन थियो ।

पुरुषतर्फको उपाध्यक्षमा अर्थमन्त्री स्वर्णिम वाग्ले यसअघि नै निर्वाचित भइसकेका छन् । विधानअनुसार तीनमध्ये एक उपाध्यक्ष सभापतिबाट मनोनित हुनेछन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us