रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाण्डु टुडे २०८३ असार १२ गते २०:३२ मा प्रकाशित

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार भएको निर्वाचनमा आचार्य विजयी भएका हुन् ।

आचार्य ६ सय ७३ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य आचार्य यसअघि सह-महामन्त्री थिए ।

महामन्त्रीमा आचार्यसहित मनिष झा, सागर ढकाल र गणेश कार्की चुनावी प्रतिस्पर्धामा थिए ।

शिशिर खनाल, कबिन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना न्यौपाने, जगदिश खरेल र सभापति रवि लामिछानेको सहयोगी प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us