भट्टराई पक्षको सप्तरीमा पनि समानान्तर कमिटी

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ७:१५ मा प्रकाशित

सप्तरी, ९ भदौ– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई समूहले सप्तरीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

maoist-flag
राजविराजमा सम्पन्न सो समूहको भेलाले सरस्वती चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।

चौधरी गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा सप्तरी–५ की पराजित उम्मेदवार हुन् । भट्टराई पक्षले यअसघि काठमाण्डुसहित चितवन, गोर्खा, कास्की, दाङ, धनुषा, पर्सा, डोटीसहित देशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ ।

चौधरीले भट्टराईको नयाँ शक्तिको अवधारणालाई जिल्ला र गाउँ तहसम्म पुर्यातउने योजनाका साथ समानान्तर कमिटी गठन गरिएको बताइन् ।

केही दिनअघि बसेको वैचारिक व्यवस्थापन समितिको बैठकले संस्थापनले गर्ने भनेको विचार गोष्ठी र भट्टराई पक्षको समानान्तर कमिटी विस्तार अभियान दुवै रोक्ने र वर्षमान पुन नेतृत्वको विवाद समाधान समितिले जिल्लाहरुमा देखिएको विवाद मिलाउने सहमति गरेको थियो ।

समानान्तर कमिटी गठन गरेको भन्दै स्थायी समितिले भट्टराई पक्षधरपोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाका लागि निलम्बन गरेको थियो ।

स्थायी समितिले भट्टराई पक्षीय सचिव टोपबहादुर रायमाझी र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई लगातार तीनपटकसम्म बिनाजानकारी बैठकमा अनुपस्थित रहेको भन्दै स्थायी समितिबाट पदमुक्त गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us