१ सय ५० गाँजासहित महरा पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ४:३५ मा प्रकाशित

महोत्तरी, ९ भदौ– प्रहरीले महोत्तरीको हलखोरीबाट १ सय ५० किलोग्राम तयारी गाँजासहित  एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हलखोरी–५ का ५२ वर्षिय शिवलाल महरा छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले महरालाई उनकै घरबाट पक्राउ गरेको गरिएको जनाएको छ ।

महराले भारत निकासी गर्न गोठमा लुकाई राहेको सात लाख मूल्य बराबरको तयारी गाँजा बरामद भएको हलखोरी चेक पोष्टका प्रहरी सहायक निरीक्षक विनोद चौधरीले बताए ।
महरालाई बरामद गरिएको गाँजासहित जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us