राहत नपाएपछि बाढीपीडित आम हड्तालमा

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ८:१० मा प्रकाशित

दार्चुला, ९ भदौ– दार्चुलाका बाढीपीडित राहत र पुनस्र्थापनासहित विभिन्न माग राखेर आमहड्तालमा उत्रिएका छन् ।

badhi
सरकारले क्षतिपूर्ति र पुनःस्थापना गर्न बेवास्ता गरेको भन्दै दार्चुला बाढीपीडित संंघर्ष समितिले जिल्ला बन्द आह्वान गरेको हो ।

संघर्ष समितिका अध्यक्ष गोपाल सिंहले बाढीपीडितलाई सरकारले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिएको बताए ।

बाढीपीडितले नेपाल–भारत सीमा क्षेत्रमा रहेको महाकाली नदीमा रहेको झोलुङ्गे पुलमा समेत केहीबेर आवागमन ठप्प पारेका थिए ।

बन्दका कारण यातायता, बजार–पसल र शिक्षणसंस्था बन्द छन् । गत वर्षको असार पहिलो साता महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाका १ सय ५८ घर बगाएको थियो ।

बाढीबाट दुई सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । तर सरकारले अझैसम्म राहत र पुनस्र्थापनाका लागि पहल गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us